Logo

कोरोना महामारीमा तनाव र डिप्रेशनबाट बाहीर कसरी निस्कने ?



तनाव, चिन्ता र डिप्रेशन जस्ता रोगलाई कोरोना भाइरसको महामारीले झन मलजल गरेको छ । डरको कारण संकट उत्पन्न हुन्छ र संकटको कारण तनाव । लगातार तनाव भएपछि डिप्रेशन हुन्छ । यो समस्या एक पटक कोही व्यक्तिलाई भएमा रोग ग्रस्त हुन्छ र आत्महत्या गर्ने सोच बनाउछ । यस्तो स्थितिमा मनमा घबरावट उत्पन्न हुन्छ । यो समस्याबाट बच्न यी तरीका अपनाउनुपर्छ ।

सकरात्मक सोचाईः यदि कोही व्यक्ति तनाव र डिप्रेशनमा छ भने सबैभन्दा पहिले सामाजिक सञ्जालबाट टाढा हुनुपर्छ । यदि कोही व्यक्तिसँग मोवाइलमा कुरा गरेर सकरात्मक विचार प्राप्त हुन्छ भने उही व्यक्तिसँग कुरा गर्नुपर्छ र खुशी हुन सकिन्छ ।

रिलैक्सन संगीत सुन्नेः यस्तो अवस्थामा सकरात्मक लेक्चर सुन्ने, भजन जस्ता रिलेक्स्न संगीत सुन्नुपर्छ । तपाई खुशी र शान्त भएर पढ्नु पर्छ । मन शान्त हुँदा दिमागका तन्तुहरु पनि आनन्द लिन्छन् ।

प्राणायामः चन्द्रभेदी, सुर्यभेदी र भ्रामरी प्राणायामलाई आफ्नो दिनचर्याको एक हिस्सा मान्नुपर्छ । यसले सजिलै तनाव र डिप्रेशन कम गर्दै जान्छ ।

योग निन्द्राः भ्रामरी प्राणायाममा दैनिक पाँच मिनेटको ध्यान गर्नुपर्छ । दैनिक २० मिनेट योगा निन्द्रा लिनुपर्छ । आफुलाई मन परेको संगीत सुनेर आनन्द लिदै योगा गर्दा तना हटाउने रामवाणी साबित हुन्छ । यो निन्द्रा योगमा सासको गतिलाई महसुस गर्दै पेटबाट वा पेटसम्म सास लिएका हुन्छन् ।

प्राथना गर्नेः हाम्रो जीवनमा जति धेरै तनाव हुन्छ त्यति धेरै कठिन हुन्छ त्यो सधै मनमा राख्नु पर्छ । जीवन सरल बनाउन ईश्वरको भरोसा गर्दै प्राथना गर्नुपर्छ । प्राथनाबाट शक्ति प्राप्त हुन्छ । गीताको अध्ययन गर्दा मन शान्त हुन्छ । गीताले हाम्रो जीवनमा हुने हरेक संकटलाई समाधान गर्ने बाटो दिएको छ । संकटको समयमा हामी धर्मको शरणमा रहनुपर्छ । कृष्णले संकटलाई संकट होइन एक अवसर मानेका छन् । Agency

 



प्रतिक्रिया दिनुहोस्