Logo

१४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालय पुग्दै



काठमाडौं, ७ जेठ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले प्रतिनिधि सभाको बहुमत सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाउने भएका छन् । आज ती दल र समूहका नेताहरुले छलफल गरी हस्ताक्षर बुझाउने निर्णय गरेका हुन् ।

हस्ताक्षरमा काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको १७ र बाँकी एमालेका माधव नेपाल समूहका सांसदहरुको हस्ताक्षर रहेको छ ।



प्रतिक्रिया दिनुहोस्