Logo

प्रधानमन्त्रीले फेरि बहुमत दाबी गर्दा दुनियाँ हाँसेको छः काँग्रेस प्रवक्ता शर्मा



काठमाडौं, ७ जेठ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत छ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको टिप्पणी गरेका छन् । उनले ओली विश्वासको मतबाट भागेको र फेरि बहुमत दाबी गर्दा दुनियाँ हाँसेको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा लेखदै शर्माले भनेका छन्, ‘लाज स्वयं लजाएको छ !’

शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको समेत आलोचना गरेका छन् । उनले लेखेका छन्,’रास्ट्रपति महोदया ! सतिसालको शिरमा हुनुपर्ने यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो l अलमलको गोलमालमा संस्थाको गरिमा ओह्रालो अझै कति लगाउनु हुन्छ ?’-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्