Logo

विपक्षी गठबन्धनका नेताहरु बानेश्वर संसद भवनमा, बैठक सुरु



काठमाडौं, ८ जेठ । प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल पक्ष र जनमोर्चाका नेताहरु छलफलमा जुटेका छन् । संसद भवन नयाँ बानेश्वरस्थित् ल्होत्से हलमा बैठक सुरु भएको छ।

संसद् विघटन गर्ने कदमको विपक्षी गठबन्धनले कडा विरोध गरेका छन् । नेताहरुले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उक्त कदमको निन्दा गरेका छन् । र, कानूनी र राजनैतिक लडाईँ लड्ने घोषणा गरिसकेका छन् ।

हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर प्रतिनिधिसभाको नयाँ निर्वाचनको मिति घोषणा गरेकी छिन् । प्रधानमन्त्री र राष्टपति दुवैले संविधानमाथि ठाडो प्रहार गरेको उनीहरुको टिप्पणी छ । संविधानविद् तथा पूर्व न्यायाधीशहरुले त राष्टपतिमाथि संसद् पूनःस्थापना हुनेबित्तिकै महाअभियोग लगाउनुपर्ने समेत माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्