Logo

लोकतान्त्रिक गणतन्त्रको संरक्षणका निम्ति एक हुन नेबिसंघको आह्वान



काठमाडौं, ८ जेठ । नेपाल विद्यार्थी संघले प्रतिनिधि सभा विघटनविरुद्व लोकतान्त्रिक गणतन्त्रको संरक्षणका निम्ति एक हुन आह्वान गरेको छ । मध्यरातमा षडयन्त्र पुर्बक गरिएको प्रतिनिधि सभा विघटन लाई फेरि अर्को प्रतिगमन भएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिगामी कदम अलोकतान्त्रिक, असंवैधानिक र अनैतिक भएको संघले ठहर गरेको छ ।

नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ,‘मध्यरातमा प्रतिनिधि सभा विघटन गरेर ओली रबैयाको रबर स्ट्याम्प बनेकी विद्या देवी भण्डारीले फेरिपनि राष्ट्रपति पद र प्रतिष्ठाको मजाक उडाएकी छन् ।’

फेरि एकपटक प्रतिगमनका बिरुद्ध शसक्त संघर्ष गर्नेपर्ने अवस्था शृजना भएको भन्दै तिमल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संबर्धन संगै जनताको जीवन रक्षाको निम्ति फेरि एकपटक संगठित हुन अपिल गरेका छन् ।

‘कोरोना माहामारीको आतंक फैलिरहेको विषम परिस्थतिमा जनताप्रति उत्तरदायी हुनुपर्नेमा रातारात प्रतिनिधी सभा विघटन गर्ने राष्ट्रपती र प्रधानमन्त्रीको प्रतिगामी कदम अलोकतान्त्रिक, असंवैधानिक र अनैतिक छ भन्दै बेमौसमी चुनावको बखेडा ल्याएर संविधान मास्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको हत्या गर्ने प्रपन्चमा लागेका ओलीको मतियार बनेर दासत्व स्विकार्ने मन्त्रीपरिषद र राष्ट्रपती इतिहासकै सबैभन्दा विवेकहीन र नालायक भएको बताएका छन । महामन्त्री तिमल्सिनाले आह्वान गर्दै भनेका छन् “संविधानको अपहरण गर्दै लोकतन्त्रको हत्या गर्ने निरंकुश र प्रतिगामी तानाशाहरुलाई हामिले बिगतमा झै निश्चय नै पराजित गर्ने नै छौं ।’विज्ञप्तिमा भनिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्