काठमाडौं, ८ जेठ । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल र भीम रावसहित ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
स्पष्टीकरण सोधिएका ११ जना सांसदहरुमा माधव, झलनाथ खनाल, डा. भीम रावल, रामकुमारी झाँक्री, सरला यादव, कल्याणी खड्का, पुष्पा कर्ण, मुकुन्द न्यौपाने, निरा जैरु, कलिना खान र लक्ष्मीकुमारी चौधरी रहेका छन्। File Photo/ReportersNepal