Logo

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी संविधान भत्काउने काममा लाग्नुभयो : रमेश लेखक (भिडिओसहित)



काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखकले वर्तमान सरकार बनेदेखि नै संविधान भत्काउने काम गरेको सुनाए । उनले सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई नै समाप्त पार्नेगरि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लागिपरेको आरोप लगाए ।

उनले अहिले मुलुक नयाँ राजनीतिक ध्रुवीकरणमा प्रवेश गरेको सुनाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु संविधान र व्यवस्था जोगाउने पक्षमा रहेकोले सोहीअनुसार नयाँ राजनीतिक ध्रुवीकरण बनेको पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्