Logo

यस्तो छ माधव नेपालले खोल्न लागेको नयाँ दलको खाका



काठमाडौं, ९ जेठ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल खोल्ने भएका छन् । उनले यसै हप्ता दल दर्ताको तयारी गरेका छन् । नेपालले नयाँ दल खोल्न लागेको खुलासा गरिसकेका छन् । यसको खाका तयार भइसकेको बुझिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित नेताहरु झलनाथ खनाल, भीम रावललगायतलाई कारबाही गर्ने निश्चित भएपछि नयाँ दल खोल्न लागेका हुन् । नयाँ दलको नाम नेकपा समाजवादी हुनेछ । ऋषि कट्टेलसँग कुरा मिले नेकपा नै राखेर जाने तयारी समेत भएको छ । चुनाव घोषणा भइसकेकाले निर्वाचन आयोगमा दल दर्ता गर्न नपाइने अवस्था । त्यसैले अन्य विकल्पबाट अगाडि बढ्ने तयारी समेत नेपाल समूहको छ ।

नयाँ खोल्न लागिएको दलको अध्यक्षमा माधवकुमार नेपाल रहेनछन् । बामदेव गौतम सहभागी भए उनी पनि सहअध्यक्ष हुने गरी तयारी भएको छ । वरिष्ठ नेतामा झलनाथ खनाल रहनेछन् । जनताको बहुदलीय जनवाद नै पार्टीको सिद्धान्त रहनेछ ।

महासचिवमा भीम रावल रहनेछन् । अष्टलक्ष्मी शाक्य उपाध्यक्ष रहनेछिन् । नेपालसँग साथमा रहने र कठिन समयमा साथ दिनेहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइनेछ ।

पार्टीमा अधिकांश युवाहरुलाई स्थान दिने तयारी भएको छ । महिलालाई पदाधिकारीमा बढी स्थान दिने गरी तयारी भएको बुझिएको छ ।

प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग सहकार्य या एकीकरण गरेर जाने गरी तयारी समेत भएको छ ।



प्रतिक्रिया दिनुहोस्