Logo

विपक्षी गठबन्धन आजै सर्वोच्च जाने सम्भावना कम, भोलि दिउँसो २ बजेसम्म जाने



काठमाडौं, ९ जेठ । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै आएको विपक्षी गठबन्धन आजै सर्वोच्च अदालत जाने तयारीमा छ । तर, रिट दर्ताको लागि आवश्यक प्रक्रिया पूरा गर्नको लागि समय लाग्ने भएकोले आजै अदालत जाने सम्भावना कम हुँदै गएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भनेर हस्ताक्षर गरेका १४९ सांसदहरु सिंहदरबारमा जुटिरहेका छन् । उनीहरु नागरिकतासहित उपस्थित् भएका हुन् ।

तर, रिट दर्ताको लागि आवश्यक प्रक्रिया पूरा गर्नको लागि आज समय लाग्ने भएकोले भोलि दिउँसो २ बजेम्म जाने ती नेताले जानकारी दिए । तर, कांग्रेस नेता मिनेन्द्र रिजालले अब एक घण्टाभित्र अदालत जानेबारे नेताहरुलाई ब्रिफिङ गरेका छन् । यसअघि मिडियाकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री डा. शशाक कोइरालाले सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने विश्वास दिलाएका छन् । Photo By: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्