Logo

मास्कको कालोबजारी गर्ने फार्मेसी संचालक अधिकारी पक्राउ



मोरङ, ९ जेठ । मास्कको कालोबजारी गरेको अभियोगमा फार्मेसी संचालकलाई प्रहरीले पक्राउ गरेको छ । मास्कको कालोबजारी गरेको अभियोगमा अधिकारी फार्मेसीका संचालक विराटनगर महानगरपालिका–९ बस्ने ३१ वर्षीय भुपेन्द्र नाथ अधिकारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

अधिकारीले सोही महानगरपालिका–७ कोशी अस्पताल अगाडि संचालन गरेको उक्त फार्मेसीबाट सुनसरी नगरपालिका–७ बस्ने ३७ वर्षीय श्याम चौधरीलाई ६ हजार ८ सय ८० रुपैयाँ पर्ने सिलिकन फूल फेस मास्कलाई ८ हजार ५ सय रुपैयाँमा विक्री गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले १ थान सिलिकन फूल फेस मास्क सहित उनलाई फार्मेसीबाटै पक्राउ गरेको जनाएको छ । उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्