Logo

प्रचण्ड र माधव नेपालको ‘चुनावमा बेहाल हुने’ ओलीको ठोकुवा



काठमाडौं, ९ जेठ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरुको बेहाल हुने ठोकुवा गरेका छन् । उनले प्रचण्ड र माधव नेपालमाथि चुनावसँग तर्सिएको आरोप समेत लगाए ।

‘चुनावदेखि तर्सने भाग्ने !’ ओलीले आज प्रेस चौतारीको आयोजनामा भएको पत्रकार सम्मेलनमा प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै भने,‘चुनावमा बेहाल हुन्छ ।’ उनले दोहोर्याएर चुनावमा बेहाल हुने ठोकुवा गरे ।

ओलीले प्रचण्डमाथि लोकतन्त्रलाई पराजित गर्न नसकेपछि भ्रम फैलाउँदै हिंडेको आरोप लगाए । विग्रह ल्याउने र अराजकता मच्चाउने क्रियाकलापमा प्रचण्ड सक्रिय रहेको टिप्पणी समेत गरे ।



प्रतिक्रिया दिनुहोस्