Logo

संक्रमणलाई गम्भीरतापूर्वक लिन आग्रह



सिञ्जा, ९ जेठ: कर्णाली प्रदेशका प्रदेशसभा सदस्य नरेश भण्डारीले कोरोना भाइरसको संक्रमणलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको अन्तरक्रियामा पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री भण्डारीले कोरोना संक्रमण दर न्यूनीकरण गर्न निषेधाज्ञाको पूर्ण पालना गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डको कार्यान्वयन आवश्यक रहेको बताए ।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य पदमबहादुर रोकाया, पूर्वमन्त्री बलबहादुर महत, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, बाहिनीपति यमबहादुर सापकोटा, कर्णाली प्रतिष्ठानका उपकुलपति डा।मंगल रावललगायतले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो औँँल्याए ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्