Logo

पाकिस्तानको कोभिड–१९ सङ्क्रमित सङ्ख्या नौ लाखभन्दा बढी पुग्योे



९ जेठ: पाकिस्तानमा कोभिड–१९ सङ्क्रमणमा पछिल्लो समय देखिएको वृद्धिसँगै सङ्क्रमित सङ्ख्या नौ लाखभन्दा बढी पुगेको छ ।

‘नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर’ (एनसीओसी) को तथ्याङ्क उद्धृत गर्दै पाकिस्तानी जियो न्यूजले लेखेको छ, “पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमित थप ७४ जनाको मृत्यु भएको छ भने कूल मृतक सङ्ख्या २० हजार २५१ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ८४ जना सङ्क्रमित भएका छन् । प्रकोप शुरू भएदेखि सिन्ध प्रान्तमा तीन लाख छ हजार ७०७, पञ्जाबमा तीन लाख ३३ हजार ५७, खैबर पख्तून्ख्वामा एक लाख २९ हजार १३, बलूचिस्तानमा २४ हजार ४१३ र पाकिस्तान प्रशासित काश्मिरमा १८ हजार ६५१ व्यक्ति सङ्क्रमित रहेका छन् ।”

संघीय शिक्षा मन्त्रालयले शुक्रवार दिएको जानकारीमा पाकिस्तानका ५२ जिल्लामा कोभिड–१९ पुष्टि हुनेको सङ्ख्या पाँच प्रतिशतभन्दा बढी रहेको जियो न्युजले जनाएको छ ।

यसैबीच, सिन्धका १२ जिल्लामा कोभिड–१९ सङ्क्रमण दर उच्च रहेको भन्दै शैक्षिक संस्थानहरू जून ६ सम्म बन्द रहने बताइएको छ ।-एएनआई/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot