काठमाडौं, ९ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई प्रतिगमनकारी सरकारको संज्ञा दिँदै यो सरकारमा सहभागी भए पार्टीका नेताहरुलाई निश्काषन गरिने चेतावनी दिएका छन् । हिजो बसेको कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जनाएका छन् ।
जारी विज्ञप्तीमा भनिएको छ, बैठकले जनता समाजवादी पार्टी नीति, सिद्धान्त, विचार, एजेण्डा, विधान र कार्यदिशा विपरित कार्य गर्दै गराउँदै हिँडेका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । साथै, प्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निश्काषित हुने स्पष्ट गरिएको छ । पार्टी विरोधी गतिविधिमा संलग्न अन्यको बारेमा पनि आवश्यक सूचना संकलन गर्ने र यथोचित कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ ।
हेरौं विज्ञप्ती :