Logo

काठमाडौंमा दैनिक ६ करोड लिटर खानेपानी निजी क्षेत्रबाट



काठमाडौं, जेठ १०। उपत्यकाका निजी ट्यांकरबाट दैनिक ६ करोड लिटर खानेपानी विक्री हुने गरेको छ । सो पानी प्रतिलिटर मूल्य डेढ रुपैयाँभन्दा बढी पर्ने गरेको छ ।

खानेपानी संस्थान र नयाँ खुलेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मागबमोजिम पानी उपलब्ध गराउन नसकेकाले निजीक्षेत्रबाट आपुर्ति हुन थालेको हो ।

अहिले उपत्यकामा ३२ करोड लिटर पानीको माग रहेको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका इन्जिनियर पुष्कर कोइरालाले बताए । यसमध्ये केयुकेएलबाट १० करोड आपूर्ति भइरहेको जानकारी पनि कोइरालाले दिए ।

२०५६ सालमा काठमाडौं उपत्यका खानेपानी व्यवसायी समूहको नाममा जिल्ला प्रशासन कार्यालयमा निजी खानेपानी व्यवसायीहरूको संस्था दर्ता छ । यस समूहअन्तर्गत हाल ७ सय वटा ट्यांकर सञ्चालनमा छन् । एउटा ट्यांकरले दैनिक ७ ट्रिपसम्म गर्छ ।

वर्षातको मौसममा मागअनुरूप पानी आपूर्ति भए पनि हिउँदमा ४५ प्रतिशतमात्र माग थालिएको समूहका अध्यक्ष विष्णु दाहाल बताउँछन् । समूहमा आबद्ध नभएका करिब १ सय वटा ट्यांकरले पनि पानी विक्री गर्दै आएका छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot