Logo

प्रदेशले ७२ पालिकालाई पाँच/पाँच लाख दिने



पोखरा, जेठ १० । गण्डकी प्रदेश सरकारले प्रदेशका ७२ वटा पालिकालाई ५र५ लाख रूपैयाँ दिने भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफैंले राखेको स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै प्रदेशका ७२ वटा पालिकालाई ५र५ लाख रूपैयाँ दिने पत्रमा हस्ताक्षर गरेका हुन्।

दोस्रो पटक मुख्यमन्त्री भएका गुरुङले स्वास्थ्य मन्त्रालय आफैँले राखेका छन्। यसअघि यो मन्त्रालय सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको थियो।

माग गरेबमोजिम नै पालिकालाई रकम दिने निर्णय भएको मन्त्रालयले जनाएको छ। ‘पहिले नै माग भई आएको हो,’ मन्त्रालय स्रोतले भन्यो, ‘अहिले आएर पदभार ग्रहणको मौकामा हस्ताक्षर मात्र भएको हो। ’ प्रदेशमा ८५ वटा पालिका भए पनि अन्यले रकम माग नगरेकाले तत्काल उनीहरूलाई रकम विनियोजन गरेको तर बाँकी पालिकाले पनि रकम माग गरेको खण्डमा रकम दिइने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot