Logo

ओलीले बोलाए स्थायी कमिटी बैठक, माधव नेपालसहित ११ जनालाई आजै कारबाही गर्ने तयारी



काठमाडौं, १० जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । आज बस्ने बैठकले यसअघि स्पष्टीकरण सोधिएका ११ जना सांसदहरुलाई कारबाही गर्ने तयारी छ । संसद् विघटन गर्ने कदमको विरुद्धमा आज विपक्षी गठबन्धन सर्वोच्च अदालतमा जाँदैछन् ।

एमालेका २० भन्दा बढि सांसदहरुको पनि रिटमा हस्ताक्षर रहेको बुझिएको छ ।  पछिल्लो समय एमालेको विवाद अब विभाजनतर्फउन्मुख रहेकोले ओलीले अब माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामुकमारी झाँक्रीसहित खनाल नेपाल पक्षका सांसदहरुलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गर्न लागेका छन् । उता, नेपाल पक्षले पनि अब आफूहरु नयाँ पार्टी गठनको तयारीमा जुटेको जनाइसकेको छ ।

File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot