Logo

नारायणी बैंकले गर्यो कोभिड संक्रमितलाई स्वास्थ्य सामग्री वितरण



काठमाडौं, १० जेठ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका कोभिड संक्रमितलाई नारायणी डेभलपमेन्ट बैंकले औषधी लगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ ।

बैंकले देशका विभिन्न स्थानबाट उपचार गर्न आएका तथा कोभिड संक्रमितलाई जारी निषेधाज्ञाका कारण उपचारमा प्रयोग हुने औषधी किन्न समस्या भएकाहरूलाई लक्षित गरी उक्त सहयोग गरेको हो ।

कोभिड प्रभावित बिरामीलाई अस्पताल फार्मेसीबाटै औषधी लगायत सामग्री निःशुल्क वितरण गर्ने व्यवस्था मिलाएको र यसमा अस्पताल प्रशासनको सहयोग रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot