Logo

देउवा, प्रचण्ड, नेपाल र यादवले रिट दायर गरे



काठमाडौं, १० जेठ । प्रतिनिधि सभा विघटन बदर र शेरबहादुर देउवालाई बहुमतको प्रधानमन्त्री नियुक्तिको आदेश जारी गर्न भन्दै विपक्षी गठबन्धनका १४६ सांसदले सर्वोच्च अदालतमा धमाधम रिट दायर गरिरहेका छन् । गठबन्धनका शिर्ष नेताहरु सर्वोच्च अदालतमा सशरीर उपस्थित भएर रिट दायर गरेका छन् । रिट हाल्ने सबैको धमाधम सनाखत भइरहेको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रिट दायर गरिसकेका छन् । रिट दायर गरेर सर्वोच्च अदालतबाट उनीहरु फर्किइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्