Logo

देशभरका स्वास्थ्यकर्मीलाई टेलिकमको निःशुल्क भ्वाइस कल सेवा



काठमाडौं १० जेठ । नेपाल टेलिकमले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणमा खटिएका देशका सबै फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई निशुल्क फोन कल सुबिधा दिने भएको छ ।

कोरोना महामारीमा सङ्क्रमणको परवाह नगरि फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिस्ट लगायत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि धन्यवाद स्वास्थ्यकर्मी अफर अन्तर्गत एक महिना सित्तैमा भ्वाइस प्याक उपलव्ध गराउने भएको हो ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आइतबार नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नर्सिङ परिषद, फार्मेसी परिषद, आयुर्वेद चिकित्सा परिषद् लगायतका सबै स्वास्थ्यका नियमक निकायका प्रमुखले सो सुविधा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot