Logo

देउवा र नेपाललाई गोकुल बाँस्कोटाको व्यङ्ग्यः निर्दलको माग गर्दै अदालत गएछन्



काठमाडौं, १० जेठ । पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपाल निर्दलको माग गर्दै अदालत गएको टिप्पणी गरेका छन् । उनले आज ट्वीट गर्दै बहुदलमा निर्दलको माग गरेको भन्दै व्यङ्ग्य गरेका छन् ।

देउवामाथि दरबारमा प्रजातन्त्र बुझाएको आरोप लगाउँदै निर्दलको माग गर्न अदालत गएको टिप्पणी गरेका हुन् । उनले एमाले नेता माधवकुमार नेपाललाई दरबारमा निवेदन हाल्न गएको भन्दै निर्दलको माग गर्न अदालत गएको भनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र बाँस्कोटाले देउवा र नेपालमाथि सुधारिएको पञ्चायतको माग गर्न अदालत गएको समेत टिप्पणी गरेका छन् ।

बाँस्कोटाले ट्वीटर पेजमा लेखेका छन्ः सुधारिएको पञ्चायतको माग गर्न लोकतन्त्रका दुईहस्ती (दरवारमा निवेदन हाल्ने र दरवारमै प्रजातन्त्र बुझाउने) अदालत गएछन।बहुदलमा निर्दलको माग !



प्रतिक्रिया दिनुहोस्

Screenshot