काठमाडौं, १० जेठ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई कारबाहीको निर्णय गरेको नेकपा एमाले स्थायी कमिटी बैठकले थप १२ जनामाथि स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । माधव नेपाल समूहका विघटित प्रतिनिधि सभाका सांसद उनीहरुलाई कारबाहीको प्रक्रिया बढाउन स्पष्टिकरण सोध्ने निर्णय भएको हो ।
एमाले नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित १२ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरिएको जानकारी दिए । उनीहरु शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरु हुन् ।
स्पष्टिकरण सोधिएकाहरु
१. धनश्याम भुसाल
२. सुरेन्द्र पाण्डे
३. भवानी खापुङ
४. यज्ञराज सुनुवार
५. विरोध खतिवडा
६. जीवनराम श्रेष्ठ
७. कृष्णलाल महर्जन
८. सोमप्रसाद पाण्डे
९. मेटमणि चौधरी
१०. झपट रावल
११. दिपकप्रकाश भट्ट
१२. नारायण खतिवडा