Logo

धन्य सफल भयो–सङ्क्रमित गर्भवतीको शल्यक्रिया



-पुरुषोत्तम थापा दुल्लु, १० जेठ: जिल्ला अस्पताल दैलेखमा कोरोना सङ्क्रमित एक गर्भवतीको शल्यक्रिया गरिएको छ । उहाँको शल्यक्रियाबाट बच्चा जन्माइएको छ । दुल्लु नगरपालिका–९ की ती महिलाको डा जगत थापा नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको हो । अहिले आमा र बच्चाको स्वास्थ्यस्थिति सामान्य रहेको डा थापाले जानकारी दिनुभयो । ती महिलालाई उहाँलाई सुत्केरी ब्यथाले च्यापेपछि जिल्ला अस्पतालमा ल्याइएको थियो । सुत्केरी गराउने क्रममा उहाँ पहिलेदेखि बिरामी भएको जानकारी पाएपछि जाँच गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको डा थापाले जानकारी बतउनुभयो । समयमा ती महिलालाई अस्पताल ल्याउन नसकिएको भए ज्यान जोखिममा पर्न सक्ने थियो ।

सो अस्पतालमा गत तिन महिनादेखि बन्द भएको शल्यक्रिया सेवा पुन सञ्चालनमा आएको छ । उहाँलाई जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिने र पूर्ण स्वस्थ भएपछि घर पठाइने अस्पतालले जनाएको छ । सो अस्पतालमा प्रशूतिसम्बन्धी विशेषज्ञ चिकित्सक अभाव भएको विषयमा राससले समाचार सम्प्रेषण गरेको थियो । जिल्ला अस्पतालमा गत तिन महिनासम्म उक्त सेवा बन्द हुँदा गर्भवतीहरु उपचार र शल्यक्रियाका लागि सुर्खेतस्थित अस्पतालमा धाउने गरेका थिए ।

पासको दुरुपयोग गरी मदिरा ओसारपसार

कोरोना रोकथामका लागि निषेधाज्ञा जारी भएका समयमा अत्यावश्यक खाद्यान्न ढुवानीका लागि अनुमति पास बनाएर मदिरा ओसारपसारमा पासको दुरुपयोग गर्ने गरेको पाइएको छ ।

प्रशासनले निषेधाज्ञाको समयमा जिल्लामा खाद्यान्न अभाव नहोस् भन्ने उद्देश्यले अत्यावश्यक बस्तु तथा खाद्यान्न ढुवानीका लागि प्रदान गर्ने गरेको पास लिएर मदिरा ओसारपसारमा दुरुपयोग गर्ने गरेको पाइएको हो ।

मदिरा लुकाइछिपाइ ट्रकमा लैजादै गर्दा प्रहरीले जाँचका क्रममा दुरुपयोग भएको अवस्थामा फेला पारेको छ । खाद्यान्न ल्याएर आएका सवारीसाधनहरुमा रानिमत्ता र तल्लो डुङेश्वरमा चेकजाँचकै क्रममा मदिरा बरामत गरेको प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भे १ क ३६४ नम्बरको ट्रकमा लुकाइ छिपाइ ल्याएको १सय ५० कार्टुन लिची ३० कार्टुन बियर ल्याएको अवस्थामा फेलापारी जफत गरिएको र ट्रक चालकलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।

प्रशासनको पास दुरुपयोग भए कानूनबमोजिम कारबाही गरिने र अब पास दिँदा पनि निकै विचार विमर्श गरेर दिने दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot