Logo

खोप खरिदका लागि वीरगञ्जले मन्त्रालयसँग माग्यो अनुमति



मुकेश बस्नेत वीरगंज, १० जेठ । वीरगंज महागनरपालिकाले दोश्रो चरणको कोरोना लहरमा कोरोना भाइरस विरूद्धको खोप खरिद गर्न सरकारसँग अनुमति मागेको छ । सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गर्दै महानगरपालिकाले १ लाख नागरिकलाई लगाउन खोप खरिदका लागि अनुमति मागेको हो ।

कम्तीमा एक लाख महानगरवासीलाई खोप लगाउने लक्ष्यसहित खोप खरिदका लागि सरकारसँग अनुमति माग गरिएको महानगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए । उनले अमेरिकी कम्पनी फाईजर र रसियन खोप स्पुतनिक–५ खोप राम्रो भएको बताउँदै सरकारले अनुमति दिए मगाएर नगरबासीलाई लगाउने नगर प्रमुख सरावगीले बताए । उनले भने– खोपले नागरिक बचाउन सकिन्छ भने ५/७ करोड खर्च गरेर खोप आउँछ, किन खर्च नगर्ने ? भनेर अनुमति मागेका हौं ।’

खोप उत्पादन गर्ने देशमा कम्पनीहरूले नै खोपको डिल गरिरहेको र आफूसँग ती कम्पनीसँग डिल गर्न सक्ने संयन्त्र रहेको उनको भनाइ छ । महानगरपालिकाले नेपाल सरकारले तोकेको नियम अनुसार नै खोप खरिद र प्रयोग गर्ने उनले बताए । आम जनताको जीवन रक्षाका लागि खोप मात्र कोभिड विरूद्धको लडाई जित्न सक्ने अस्त्र बनेको छ । समुदाय स्तरमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा लक्षणसहितका संक्रमित बढी देखिएको छ ।

अक्सिजन आवश्यक पर्ने बिरामीको संख्या धेरै छ । अस्पतालमा आईसीयू, भेन्टिलेटरको अभाव देखिएको छ । सबै नागरिकसम्म खोप पु¥याउन सरकारको तर्पmबाट भएका प्रयास ठोस प्रभावकारी हुन नसकेको भन्दै महानगरले स्वास्थ्य मन्त्रालयमा खोप खरिदको अनुमित माग गर्दै पत्र पठाएको छ । सरकारले सबै नागरिकलाई सहज रूपमा खोप उपलब्ध गराउन नसकेपछि खोप खरिदको अनुमति माग गरेको वीरगंज महानगरपालिकाले विज्ञप्तिमा उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्