काठमाडौं, ११ जेठ । कोशी कोभिड अस्पताललाई फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले अक्सिजन सिलिन्डर सहयोग गरेको छ । संस्थाको अनुसार कोरोना जोखिमको संकटमा बिरामीहरुलाई राहत दिने उद्देश्यले सहयोग गरेको हो ।
कोशी जोनल हस्पिटल प्रशासन प्रमुख नवराज लुईटेललाई फरवार्डकी अध्यक्ष भगवती चौधरीले ९ थान ठूला अक्सिजन सिलिन्डर हस्तान्तरण गरेकी हुन् । अध्यक्ष चौधरीले कसैको अक्सिजन नपाएर छट्पटिन नपरोस् भन्ने हेतुुले अक्सिजन सिलिन्डर सहयोग गरिएको बताइन् ।