Logo

लक्ष्मी लघुवित्तको ग्राहकलाई राहत, ब्याजमा १० प्रतिशत छुट



काठमाडौं, ११ जेठ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकहरुलाई ब्याजदरमा छुट दिने भएको छ । लघुवित्तले कोरोना महामारीले आफ्ना ग्राहकहरुको परेको प्रभावको असर कम गर्ने उद्देश्यले कर्जाको ब्याज रकममा १० प्रतिशत छुट उपलब्ध गराउने भएको हो ।

संस्थाले २०७८ आषाढ मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा र ब्याज बुझाएमा भुक्तानी गरेको ब्याज रकममा १० प्रतिशत छुटको सुविधा उपलब्ध गराउने भएको जनाएको छ । संस्थाको अनुसार उक्त ब्याज छुट सम्बन्धि व्यवस्था २०७८ जेठ १ लागु भई ०७८ असार मसान्तसम्म कायम रहने छ ।



प्रतिक्रिया दिनुहोस्