Logo

घट्यो सुनको मुल्य, प्रतितोला कतिमा कारोबार ?



काठमाडौं, ११ जेठ । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । सोमबारको तुलनामा आज सुनको मुल्य २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा खरिद विक्रि भएको थियो ।

त्यस्तै, सोमबार ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य भने आज स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्