Logo

महालक्ष्मी बैंकले ल्यायो वैभब बचत खाता सञ्चालनमा



काठमाडौं, ११ जेठ । महालक्ष्मी विकास बैंकले वैभब बचत खाता सञ्चालन गरेको छ । बैंकले २७ औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा वार्षिक ५ दशमलव ५० प्रतिशत ब्याजदरमा उक्त बचत खाता संचालन गरेको जनाएको छ ।

बैंकको अनुसार यस खातामा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट र मेरो शेयर जस्ता आवश्यक सुविधाहरुमा प्रथम वर्षको लागि शत् प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

यसैगरी, उक्त खातामा लकर सुविधामा ५० प्रतिशत छुट दिनुका साथै कनेक्ट आइपिएसको सुविधा समेत रहेको बैंकले जनाएको छ । कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै नजिकैको शाखामा अनलाइन मार्फत ग्राहकहरुले सजिलै यस खाता खोल्न सक्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्