Logo

फोक्सोबाट कोरोना संक्रमण हटाउने थेरापी पत्ता लाग्यो



एजेन्सी, ११ जेठ । विश्वभर कोरोना भाइरसले हाहाकार मच्चाएको छ । केही खोपहरु आइसकेका छन् भने केही अनुसन्धानका क्रममा छन् । कोरोना भाइरस फोक्सोमा पुगेर धेरै हानी पुर्याउछ । फोक्सोमा भाइरसको संक्रमण हुँदा मुत्युको सम्भावना धेरै हुन्छ । तर अब भने वैज्ञानिकहरुले कोरोना भाइरसका कण हट्ने थेरापी पत्ता लगाएका छन् । थेरापीले फोक्सोमा भएको भाइरसको कणहरु हट्ने दाबी गरिएको छ ।

अष्ट्रेलियाको ग्रिथिथ युनिवर्सिटीको एक टिमले यस्तो एन्टी भाइरल थेरापीबाट फोक्सोमा भएको कोविड–१९ को कण ९९.९ प्रतिशत हट्ने पत्ता लागेको हो । यस थेरापीलाई कोरोनासँग लड्ने एक ठुलो हतियार भएको उनीहरुले दाबी गरेका छन् ।

यो अष्ट्रेलियाको मेजीज हेल्थ इन्स्टिट्युट क्वीसलैंडका अन्तराष्ट्र्रिीय वैज्ञानिकको टिमले पत्ता लागेको एन्टिभाइरल थेरापीले सफलता पाएको हो । यो टेक्नोलोजीले कोभिडका कणहरु पत्ता लगाउन र हटाउन खोज्ने मिसाइलको रुपमा कार्य गर्दछ ।  अनुसन्धानकर्ता प्रो.नाइजेलले थेरापीले भाइरसलाई दाहोर्राउन नदिने र विश्वव्यापी रुपमा कोरोनाबाट हुने मृत्युलाई रोक्न सक्ने जिकिर गरेका छन् ।
यसले कसरी काम गर्छः यो थेरापीले जीन साइलेन्सिंग नामको एक मेडिकल टेक्नोलोजी प्रयोग गरेको हुन्छ । यो प्रविधि सबैभन्दा पहिला अष्ट्रेलियामा १९९० मा पत्ता लागेको थियो । जीनलाई मौन श्वास रोगबाट बच्न आरएनहरुले प्रयोग गर्थे । आरएन डिएनए जस्तै एक प्रविधि हो । यसले आरएनको सानो टुक्रासँग काम गर्दछ । यी टुक्राहरु भाइरसको जीनोममा जोडिन्छन् र जीनोमलाई काम गर्न दिँदैनन् । यसले कोषिकाहरुलाई नष्ट गर्दछ ।

कोरोनाको एन्टिवाइरल उपचारहरू जनमविर र रेमाडेसिभिर, जसले कोरोनाका लक्षणहरूलाई कम गरेका छन् । साथै, यीनीहरुले कोरोनाले बिरामीहरूलाई तुरुन्त निको हुन मद्दत गरेको छ, तर यो भाइरसलाई सीधा रोक्न पहिलो उपचारको रुपमा थेरापी पत्ता लागेको छ । यी औषधिहरु कोशिकामा ईन्जेक्शन मार्फत कोषिकामा पठाइन्छ । Webdunia 



प्रतिक्रिया दिनुहोस्