Logo

के तपाई अज्ञात आवाज सुन्नुहन्छ …?



एजेन्सी, ११ जेठ । असामान्य हर्कत, अज्ञात आवाज सुनेको भ्रम हुनु, निन्द्रा नलाग्नु सिजोफ्रेनियाको लक्षण हुन सक्छ । यस्तो रोगलाई मनोरोग वा विक्षिप्तता भनिन्छ । जुन युवा वर्गमा धेरै देखिन्छ । कसै–कसैले त यसलाई भुतप्रेतको साया मानेर झारफुक पनि गर्छन् । यस्तो गर्दा झन् समस्या बढ्छ । समयमा नै यसको उपचार गरेमा बिरामीलाई ठिक हुन्छ । हिजो (२४ मे) विश्व सिजोफ्रेनिया दिवस हो ।

कस्ता हुन्छन् यस्का लक्षणः

  • मनोरोग विशेषज्ञको अनुसार यो रोग युवा वर्गमा धेरै पाइन्छ ।
  • यस्ता व्यक्तिका व्यवहार अजीबको देखिन्छ ।
  • यीनीहरुले मानिसलाई हेर्दा घुरेर हेर्छन् ।
  • मनमनै कुरा गर्छन, एक्लै बोल्छन् । उनीहरुलाई निन्द्रा लाग्दैन् । निराशा मनमा आउछ ।
  • खाना सहि तरिकाले खाँदैनन् ।
  • कामकाज छाडेर एकातिर घुम्न जान्छन् ।
  • अचानक हास्छन् भने अचानक रुन थाल्छन् ।
  • उनीहरुले आफुलाई कसैले बोलाएको अर्थात आवाज आइरहेको बताउछन् ।
  • विशेषज्ञको अनुसार यो रोगको लक्षण देखिदा बित्तिकै सहि उपचार गराउनु पर्छ । निराशा बढ्दै जाँदा मानिसले आत्महत्या पनि गर्न सक्छ । विश्वभर १ प्रतिशत मानिसहरु यो रोगको सिकार भएका छन् ।

रोग लाग्ने कारण
यो रोग १५ देखि २५ वर्षका उमेर समुहमा बढी हुने गर्छ ।
घरमा एक बिरामी भएमा अन्य सदस्यलाई पनि हुन सक्ने सम्भावना हुन्छ ।
यो एक अनुवंशिक रोग हो । यसको कारणबाट मस्तिष्कको केही भागमा डिसफक्सन उत्पन्न गर्छ ।

यसको उपचार र रोकथाम
यो रोग समयमा नै उपचार नगरेमा व्यक्तिको परिवारलाई बोझ बढ्दै जान्छ । हालसम्म सहि उपचारबाट ७० प्रतिशत व्यक्ति पुरै तरिकाले ठिक भएका छन् ।
विशेषज्ञको अनुसार यो रोग लागेको ६ महिना भन्दा बढी भएमा १ वर्षसम्म उपचार गर्नुपर्छ । त्यस्तै, १ वर्ष भन्दा बढी समय भएमा २ वर्षसम्म उपचार गर्नुपर्छ । यो रोगबाट पीडित बिरामीलाई परिवारको सपोर्ट अत्यधिक आवश्यक पर्छ । भुत प्रेमलाई विश्वास गर्दा झन खतरा बढ्छ ।



प्रतिक्रिया दिनुहोस्