डेभिड मालपास :
प्रमुख, विश्व ब्याङ्क ग्रुप
विद्यमान महामारीले असमानतालाई अझ खराब अवस्थामा पुर्याएको छ । फलतः सबभन्दा गरिब र सबभन्दा कमजोरहरू महामारीबाट सबभन्दा बढी प्रभावित बनेका छन् । कोभिड–१९ ले जनजीवन खोस्दा, कक्षाकोठा बन्द हुँदा र अत्यावश्यक सामाजिक खर्च कटौती हुँदा विकासशील देशहरूका महिला, बालबालिका, गरिब र अनौपचारिक क्षेत्रका मजदुरहरूले चर्को मूल्य तिर्नु परिरहेको छ ।
विकासशील देशहरूमा खोप अभियानको थालनीमा विलम्ब हुँदा विश्वव्यापी असमानता गहिरो बन्दै छ । करोडौँ ज्येष्ठ नागरिक र कमजोर मानिसलाई जोखिममा धकेलेको छ । आफूलाई खाँचो परेको भन्दा बढी परिमाणमा खोप सञ्चय गर्ने देशहरूलाई सकेसम्म चाँडो आफूलाई बढी भएको खोप विकासशील देशहरूमा दिन म आग्रह गर्न चाहन्छु ।
केही देशहरूले सबभन्दा जोखिममा रहेका नागरिकलाई खोप दिने काममा राम्रो सफलता हासिल गरेका छन् । तर, धेरै मानिसले अझै पनि खोप पाउन सकेका छैनन् । खोप लिनेको सङ्ख्या जति न्यून हुन्छ, त्यत्ति नै जोखिमको सम्भावना बढी हुन्छ । धेरै अतिगरिब देशहरूसँग खोपको क्षमता सीमित छ । ती देशहरूमा सबभन्दा जोखिममा रहेका समूहको ठूलो सङ्ख्यालाई खोप लगाउन अझ धेरै समय लाग्ने देखिन्छ ।
मुठ्ठीभर देशहरूले सीमित परिमाणमा आपूर्ति भइरहेको खोप प्रयोग गर्ने र मध्यम आय भएका देशहरूले खोपको लागि असीमित समय प्रतिक्षा गर्नुपर्ने बेतुकको सोचाइले कसैको हित गर्नेछैन । त्यसो गर्दा धेरैले आफ्नो जीवन गुमाउनुपर्ने छ, विश्वको आर्थिक वृद्धिमा असमानता फराकिलो बन्दै जानेछ । विकासशील देशमा खोपको पहुँच फराकिलो नभएको अवस्थामा खोप लगाउनेको दर बढेको देशहरूमा समेत भाइरसका नयाँ–नयाँ उत्परिवर्तित प्रजातिको सङ्क्रमण फैलिन जोखिम बढ्ने गर्छ । कमजोर जनसमुदायमा खोप लगाउन जति लामो समय लाग्छ, त्यत्ति नै सन् २०२१ र २०२२ मा चरम गरिबीको जोखिम बढ्नेछ । चरम गरिबीले फेरि पनि भविष्यमा स्वास्थ्य र सामाजिक सङ्कटको जोखिम बढाउनेछ ।
बृहत् स्तरमा खोप अभियान हरेक देशको प्रमुख जिम्मेवारी हो । तर, सीमित स्रोत र कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूको लागि खोप अभियान सञ्चालनको निम्ति आवश्यक सबै बन्दोबस्त गर्न चुनौतीपूर्ण छ । भारतमा अहिले चालु कोभिड–१९ को महामारी र ल्याटिन अमेरिकामा सङ्क्रमण र मृत्यु दर बढ्नुले महामारी संसारका गरिबहरूको लागि अझ बढी खराब भएको प्रस्ट झलक देखिएको छ ।
यो वर्षको मध्यसम्ममा सहायता पाउने देशहरूको सङ्ख्यामा थप केही दर्जन बढ्ने अपेक्षा गरिएको छ । सन् २०२० मा कोभिड–१९ को आकस्मिक सहायताको लागि अवलम्बन गरेको दु्रत प्रक्रियाअन्तर्गत नै ती देशहरूलाई त्यस्तो सहायता गरिनेछ । विश्व बैङ्कले खर्च गर्ने १२ अर्ब अमेरिकी डलर सहायता पाउने देशहरूले आफ्नो राष्ट्रिय स्वास्थ्य प्रणालीमार्फत खोप अभियानमा प्रयोग गर्न सक्नेछन् । उनीहरूले आवश्यक परे खोप खरिद र ढुवानीमा पनि सो रकम प्रयोग गर्न सक्नेछन् । निष्पक्ष र समतामूलक वितरणको लागि स्तरीय र पारदर्शी सम्झौता अपरिहार्य छ । कोभ्याक्सले कुनै पनि देशका सबभन्दा विपन्न २० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउन मद्दत गर्ने लक्ष्य अघि सारेको छ । यदि कोभ्याक्समार्फत खोप वितरण भएको अवस्थामा विश्व बैङ्कले थप खोप लगाउन खोपको वितरण र थप खरिदमा मद्दत गर्न सक्छ ।
विश्वव्यापी खोप अभियान सफल बनाउन तीन वटा आधार आवश्यक देखिन्छ । पहिलो, आफूसँग मनग्य खोप भएका देशहरूले तत्कालै संसारका कमजोर देशहरूलाई खोप पठाउनु जरुरी छ । यसो गर्नुको अर्थ खोपको सम्भावित विकल्पको खोजी गर्नु वा आफूसँग रहेका खोप अन्य देशहरूमा पठाउन अग्रसर हुनु हो । अथवा, खोप उत्पादकहरूलाई कुनै पनि कानुनी जोखिमसँग नडराई सकेसम्म चाँडो खोप आपूर्ति गर्न लगाउनु हो । अथवा, अन्तर्राष्ट्रिय समुदायले स्थापना गरेको कोभिड–१९ खोपको विश्वव्यापी पहुँच अभियान (कोभ्याक्स) मा लगानी गरेर गरिब देशहरूमा समताको आधारमा खोप पठाउनु पनि हुन सक्छ ।
विश्व बैङ्कले २२ वटा विकासशील देशहरूमा खोप खरिदका लागि बृहत् अनुमोदित वित्तीय सहायता गर्दै छ । यो वर्षको मध्यसम्ममा सहायता पाउने देशहरूको सङ्ख्यामा थप केही दर्जन बढ्ने अपेक्षा गरिएको छ । सन् २०२० मा कोभिड–१९ को आकस्मिक सहायताको लागि अवलम्बन गरेको द्रुत प्रक्रियाअन्तर्गत नै ती देशहरूलाई त्यस्तो सहायता गरिनेछ । विश्व बैङ्कले खर्च गर्ने १२ अर्ब अमेरिकी डलर सहायता पाउने देशहरूले आफ्नो राष्ट्रिय स्वास्थ्य प्रणालीमार्फत खोप अभियानमा प्रयोग गर्न सक्नेछन् । उनीहरूले आवश्यक परे खोप खरिद र ढुवानीमा पनि सो रकम प्रयोग गर्न सक्नेछन् । निष्पक्ष र समतामूलक वितरणको लागि स्तरीय र पारदर्शी सम्झौता अपरिहार्य छ ।
कोभ्याक्सले कुनै पनि देशका सबभन्दा विपन्न २० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउन मद्दत गर्ने लक्ष्य अघि सारेको छ । यदि कोभ्याक्समार्फत खोप वितरण भएको अवस्थामा विश्व बैङ्कले थप खोप लगाउन खोपको वितरण र थप खरिदमा मद्दत गर्न सक्छ ।
दोस्रो, खोप उत्पादन र आपूर्तिमा संलग्न हुने सरकार, औषधि कम्पनी र सङ्गठनबीचको सम्झौता पारदर्शी हुनुपर्ने हाम्रो अर्को चासोको विषय हो । यसो गर्दा हामीले गरेको खर्च प्रभावकारी हुने हाम्रो अपेक्षा हो । देशहरूले खोप प्राप्त गरेपछि कसरी परिचालन गर्ने भन्नेमा आफैले निर्णय गर्न पाउनेछन् । खोपको आपूर्ति विस्तारमा निजी क्षेत्रको लगानी बढाउन पनि यसको आवश्यकता छ ।
यही सोचका साथ विश्व बैङ्कले यो साता एउटा विस्तृत अनलाइन पोर्टल सुरु गर्दै छ । त्यसमा हरेक देशमा हामीले गरेको वित्तीय सहायताका गतिविधिका साथै हाम्रो समग्र परियोजनाबारे सूचनाहरूमा पहुँच सहज बनाउनेछ । त्यसमा बितेका आधा वर्षमा हामीले १४० भन्दा बढी देशहरूमा खोप तदारुकताको सन्दर्भमा गरेका गतिविधिबारे पनि प्रकाश पारिएको हुनेछ । गाभी, भ्याक्सिन एलाइन्स, ग्लोबल फन्ड, विश्व स्वास्थ्य सङ्गठन र युनिसेफसँग सहकार्य गरेर हामीले गरेका गतिविधि पनि त्यसमा समावेश गरिएको हुनेछ । यस अर्थमा विश्व बैङ्कको अनलाइन पोर्टल खोप उत्पादक, खरिदकर्ता र मध्यस्थकर्ताहरूको लागि मार्गदर्शन पनि हुनेछ । त्यस्तै सुरक्षित र सही ढङ्गले कोष बन्दोबस्त भएको कार्यक्रममा लगानी गर्न खोप आपूर्तिमा नियन्त्रण भएकाहरूको लागि आग्रह पनि हो ।
तेस्रो आधार भनेको खोपको उत्पादनमा वृद्धि हो । विश्व बैङ्क समूहको निजी क्षेत्र अन्तर्राष्ट्रिय वित्त कर्पोरेसनले स्वास्थ्य क्षेत्रमा ८० करोडभन्दा बढी अमेरिकी डलर खर्च गरेको छ । त्यसमा खोप उत्पादकहरू पनि छन् । यसले हाल विश्व स्वास्थ्य मञ्चमार्फत पाइपलाइनमा १ अर्ब २० करोड अमेरिकी डलर खर्च गर्न खोजिरहेको छ । खोप, स्वास्थ्य सामग्री र स्वास्थ्य सेवाका तत्कालीन खाँचो पूरा गर्न ४ अर्ब अमेरिकी डलर बराबरको बजेटसहित विश्व स्वास्थ्य मञ्चको स्थापना गरिएको हो । अन्तर्राष्ट्रिय वित्त कर्पोरेसन अहिले सक्रियतापूर्वक कोभिड–१९ को खोपसहित व्यापारिकरूपमा सम्भव औषधि उत्पादनको प्रारम्भिक चरणमा सरकार र कम्पनीहरूसँग सहकार्य गरिरहेको छ ।
महामारीले संसारभरकै स्वास्थ्य प्रणालीलाई अस्तव्यस्त बनाइदियो । अधिकांश विकसित देशहरूको स्वास्थ्य प्रणालीको क्षमताले पनि यसलाई धान्न सकेन । अब हामीले खोप अभियान प्रभावकारी बनाउनमात्र होइन, बरु कोभिड–१९ को रोकथाम र नियन्त्रणकै लागि पनि स्वास्थ्य प्रणालीलाई बलियो बनाउन जरुरी छ । अब आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्छ ।
कोभिड–१९ को विश्वव्यापी खोप अभियान इतिहासकै सबभन्दा ठुलो खोप अभियान हुनेछ । त्यसको आकार, गति र जटिलता सबैको आधारमा त्यो अभूतपूर्व हुनेछ । हाम्रो लक्ष्य यो अभियानलाई सकेसम्म चाँडो, बृहत् र सुरक्षितरूपमा सञ्चालन गर्नु हो । के प्रयोगले काम ग¥यो र केले गरेन भनी हेर्नु हो । साथै भविष्यमा आउन सक्ने सङ्कटको लागि तयारी र तदारुकता बढाउनु हो ।
कोभिड–१९ महामारीको समुल अन्त्य त्यत्तिबेलासम्म सम्भव हुने छैन, जतिबेलासम्म संसारका सबै मानिसको पहुँचमा खोप पुग्नेछैन । गरिबभन्दा गरिब देशका जनताले पनि खोप पाउने अवस्थामा मात्र महामारी वास्तवमै समाप्त हुनेछ । विश्वव्यापी खोप अभियानले मात्र सङ्क्रमण फैलिनबाट रोक्न, जीवन रक्षा गर्न र मानिसको जीवनचर्या जोगाउन आशा जगाउन सक्छ । कोभिड–१९ बाट आफू सुरक्षित भएको आत्मविश्वासका साथ अध्ययन, रोजगारी, यात्रा र सामाजिकीकरणका गतिविधिमा फर्किन नसक्दासम्म मानिसहरू आफ्नो पूर्ण सामर्थ्र्यमा फर्किन सक्ने छैनन् । त्यसकारण, कोभिडको खोपलाई अझ व्यापकरूपमा विस्तार गर्नु आजको टड्कारो आवश्यकता हो ।
प्रोजेक्ट सिन्डिकेट