Logo

अस्पताल डुलाउँदा डुलाउँदै युवतीको मृत्यु



वीरगंज, ११ जेठ । रौतहटको गुजरा नगरपालिका कनकपुर–४ बस्ने १७ वर्षीया सविना विकले वीरगंजका चारवटा अस्पतालमा उपचार नपाएपछि ज्यान गुमाउनुपरेको छ । गएराति मिर्गौलामा समस्या भएपछि रौतहटबाट वीरगंज उपचारको लागि आए पनि वीरगंजका चारवटा अस्पतालले उनलाई भर्ना गरेको थिएन । अस्पताल डुलाउँदा–डुलाउँदै उनको गएराति एम्बुलेन्समै मृत्यु भएको कोभिड एक्सन टिम क्याटका सदस्य अमित अग्रवालले जानकारी गराए ।

एकवर्षदेखि मृगौला पीडित सविनालाई चन्द्रपुर नगरपालिकाको जनता अस्पतालले वीरगंज हेल्थकेयर अस्पतालमा रेफर गरेको आमा कुमारी विकले बताइन । वीरगंज हेल्थकेयरमा साँझ पाँचबजे आइपुगेकी सविनालाई सो अस्पतालमा भर्ना गरिएन । त्यसपछि परिवारजनले उनलाई भवानी अस्पताल लगे तर त्यहाँ पनि उनको भर्ना भएन ।

निजी अस्पतालमा भर्ना नगरेपछि नारायणी अस्पतालमा लगिएयो तर त्यहाँ पनि भर्ना नगरेपछि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमा सबिनाको मृत्यु भएको परिवारजनले बताएका छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्