Logo

प्रियंका चोपडाको वैवाहिक जीवन सुखद हुनुको यस्तो छ रहस्य



एजेन्सी, ११ जेठ । बलिउडमा मात्र होइन् प्रियंका चोपडा हलिउडमा पनि निजी जीवनको विषयमा हाल चर्चामा छिन् । उनले प्रायः अन्तर्वातामा आफ्नो र पति निकको बारेमा विशेष खुलासा गर्छिन् । उनको निक जोनससँग २०१८ मा विवाह भएको थियो ।

विवाह भएको २ वर्षपछि आज प्रियंकाले आफ्नो वैवाहिक जीवनको केही रहस्य खोलेकी छिन् । अष्ट्रेलियाको एक म्यागाजिनमा अन्तर्वाता दिने क्रममा अन्तर्वातामा उनले आफ्नो वैवाहिक जीवनको बारेमा धेरै कुरा गरेकी छिन् । अभिनेत्रीले अन्तर्वातामा भनेकी छिन्, ‘एक–अर्काको साथमा समय बिताउनु र धेरै भन्दा धेरै कुरा गर्नु हो ।’

वैवाहीक जिन्दगी सुखद हुनुको रहस्य के हो ? सोधिएको प्रश्नमा उनले २ वर्ष भयो विवाह भएको भन्दै सबैभन्दा कुराकानी नै महत्वपुर्ण हुने जवाफ दिएकी छिन् । उनको अनुसार जोडी एक आपसमा सँगै बसेर कुरा गर्दै समय बिताउदा मात्र जीवनमा आनन्द प्राप्त गर्न सकिन्छ । उनले विवाह गर्ने जम्मा २ महिना मात्र भएकोले धेरै सोच्ने समय नभएको पनि बताएकी छिन् ।
प्रिंयका र उनका पनि निक सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनीहरुले रोमान्स गरेको तस्वीरहरु सार्वजनिक गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot