काठमाडौं, ११ जेठ ।सभामुख अग्निप्रसाद सापकोटाले डाकेको पूर्वसभामुखहरुको बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको छ । आज बसेको बैठकमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ भने अनुपस्थित थिए । उनी नेकपा एमाले संसदीय दलका उपनेता छन् ।
बैठकमा सहभागी पूर्वसभामुख ओनसरी घर्तीले दुईपटक प्रतिनिधि सभामाथि आक्रमण भएको भन्दै यसलाई असंवैधानिक भएको निष्कर्ष निकालिएको बताइन् । उनले जनप्रतिनिधिको संस्थामाथि आक्रमणको भएकोमा गम्भीर हुनुपर्नेमा सबैको जोड रहेको बताइन् ।
बैठकमा सभामुख अग्निप्रसाद सापेकाटो, पूर्वसभामुखहरु रामचन्द्र पौडेल, ओनसरी घर्ती र कृष्णबहादुर महरा प्रत्यक्ष सहभागी थिए । पूर्वसभामुख तारानाथ रानाभाट भर्चुअल रुपमा सहभागी थिए । पूर्वसभामुख दमननाथ ढुंगानाले पनि सम्पर्कमा आउने जनाएकोमा हुन नसकेको बुझिएको छ ।