Logo

स्वावलम्बन लघुवित्तले गर्यो संक्रमितलाई राहत वितरण



काठमाडौं, ११ जेठ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कोरोना संक्रमित सदस्यलाई राहत वितरण गरेको छ। लघुवित्तले कोरोना संक्रमणको दोश्रो लहरको कारण आय आर्जन गर्न नसकेका विपन्न सदस्य र उनीहरुका परिवारलाई दैनिक रुपमा राहत वितरण गरिरहेको जनाएको हो ।

लघुवित्तको अनुसार आफ्नो १ सय ४० वटा शाखा कार्यालयबाट आफ्ना सदस्यहरुलाई दैनिक रुपमा घरदैलोमा गएर खाद्य सामग्री चामल, दाल, नुन र तेल वितरण गरिरहेको छ।

कोरोना पोजिटिभ देखिएका र आइसोलेसनमा बसेका ग्राहक सदस्यहरुलाई सदस्यलाई आर्थिक लगायत औषधोपचारका राहत प्याकेज समेत ल्याउन लागेको संस्थाले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्