Logo

नेप्सेद्वारा शिखर इन्स्योरेन्सको बोनस सेयर सूचीकृत



काठमाडौं, ११ जेठ । नेप्सेले शिखर इन्स्योरेन्सको बोनस सेयर सूचीकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीको ३८ लाख ४० हजार २०२ कित्ताको २७.७६ प्रतिशत बोनस शेयर सुचीकृत गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २७.७६% बोनस सेयर वितरण गरेको थियो । बोनस वितरणपछि यसको कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ पुगेको हो ।



प्रतिक्रिया दिनुहोस्