Logo

यास् चक्रवातको प्रभावः उपत्यकासहित देशका विभिन्न स्थानमा केही दिन वर्षा



काठमाडौं, १२ जेठ । बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात यास्को असर नेपालमा पनि परेको छ । चक्रवातको असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ र २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा दिउँसो र साँझ मध्यम वर्षाको सम्भावना रहेको छ ।

पूर्व भेगमा भने भारी वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्