काठमाडौं, १२ जेठ । काठमाडौं उपत्यकामा बैकिंग तथा वित्तिय क्षेत्रका कर्मचारीले अब देखि दिउँसोमा सवारी साधन चलाउन नपाउने भएका छन् । मंगलबार उपत्यकाका जिल्ला प्रमुख अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।
प्रजिअ हरुको हिजो बसेको बैठकले निषेधाज्ञालाई नयाँ तरिकाबाट कडाई गर्न लागेको हो । नयाँ निर्देशन अनुसार सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सावरी साधनहरु बिहान ९ बजेदेखि १०ः ३० सम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न दिने भएको छ ।