Logo

एनएमबि बैंकको प्रिपेड डलर कार्ड घरबाटै लिन सकिने



काठमाडौं, १२ जेठ । एनएमबि बैंकले घरमै बसेर अनलाइनबाटै डलर कार्ड लिने व्यवस्था गरेको छ । बैंकले वर्तमान परिस्थिति र सुरक्षालाई ध्यान दिँदै ग्राहकहरुलाई घरमै बसेर कार्ड लिने व्यवस्था गरेको हो ।

बैंकको अनुसार अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धि राष्ट्र बैंकले दिएको निर्देशन अनुसार कार्ड जारी गरीसकेको हुनाले अनलाइनबाटै कार्ड लिन सक्ने व्यवस्था गरेको हो ।

यसको साथै बैंकले आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तरास्ट्रिय प्रिपेड डलर कार्डको लागी अनलाइनबाटै आवेदन दिन आग्रह गरेको छ । विदेशबाट पाइने सेवाहरु नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षा लगायत सामाजिक सञ्जाल मार्फत पनि आफ्नो व्यवसायलाई आफनै कार्डबाट भुक्तान गरी प्रबद्धन गर्न सकिने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्