Logo

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने, एकैदिन बोलाए विशेष साधारणसभा



काठमाडौं, १२ जेठ । जेठ २७ गते सिटिजन्स बैंक र सिर्जना फाइनान्सले मर्जरको विशेष प्रस्ताव गर्न विशेष साधारणसभा बोलाएका छन् । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई एक कित्ता बराबर ०.९५ कित्ताको अनुपातमा प्राप्ति गर्ने भएको जनाइएको छ ।

भर्चुअल माध्यमबाट विशेष साधारणसभाका लागि शेयरधनीहरुलाई दुवै कम्पनीले एकैदिन बोलाएका छन् । बैंक र फाइनान्सका दुबै पक्ष विचमा मर्जरको सहमतिपत्रमा संझौता यस अघि नै भैसकेको छ । विशेष साधारणसभाले प्राप्तिको प्रस्ताव पारित गर्ने वित्तीकै एकिकृत कारोबारको प्रकृयाँ अगाडी बढाउने छन् ।

हाल ११ अर्ब ६६ करोड रुपैयाँ सिटिजन्स बैंकको चुक्तापुँजी रहेको छ भने फाइनान्सलाई प्राप्ति गरे पछि बैंकको चुक्तापुँजी १२ अर्ब ५७ करोड रुपैयाँ पुग्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्