Logo

युनिसेफको चिन्ताः धेरै बालबालिकाहरु टुहुरा भए



एजेन्सी, १२ जेठ । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले दक्षिण एशियाली देशहरुमा बढ्दो कारोना संक्रमणले बच्चाहरुको मानसिक स्वास्थ्यमा असर परिरहेको चेतावनी दिएको छ । युनिसेफले धेरै देशहरुमा स्वास्थ्य सेवामा समस्या बढेको भन्दै केही देशहरुले अन्य देशको सहयोग नपाएमा पतन हुन सक्ने जिकिर गरेको छ । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)लाई उद्र्वत गर्दै भारतीय मिडिया दैनिक जागरणले कोरोना महामारीमा बच्चाले आमा–बाबुको छाया गुमाएको जनाएको छ ।

धेरै बच्चाहरु टुहुरा भएका छन् । परिवारसँग अस्पताल पुगेका परिवारहरु उपचारको पर्खाइमा छन् । मिडियामा आउने तस्वीरले सबैको मन विचलित भएको छ । यसको सिधै असर बालबालिकाको मानसिक स्वास्थ्यमा परिरहेको छ । विश्वको बालबालिकाको कुल जनसंख्याको एक चौथाई भाग दक्षिण एशियाली देशहरुमा छ । दक्षिण एशियाली देशहरुको जनसंख्या २ अरब छ । त्यसमाथि पनि कोरोना संक्रमण पनि आधी भन्दा धेरै यी नै देशमा भएको एक रिपोर्टले जनाएको छ ।
युनिसेफले नेपालको चिन्ता गरेको छ ।

युनिसेफका दक्षिण एशियाका क्षेत्रीय निर्देशक जर्ज लरेयाको अनुसार अन्य देशमा भन्दा धेरै काठमाडौंमा यस्ता घटना को रिपोर्ट बढी आएको बताएका छन् । लरेयाले काठमाडौंमा बिरामीहरुको लागि अक्सिजनको अभावमा आफन्तले ज्यान जोखिममा हालेर सिलिन्डर अस्पताल पुर्याउनु दुखद भएको बताएका छन् ।
उनको अनुसार डाक्टर र अस्पतालका कर्मचारीहरु २४ घन्टा सेवा दिइरहेकाले थाकेका हुन्छन् र सबै बिरामीलाई ध्यान दिन सक्दैनन् ।

युनिसेफले भारत, नेपाल, श्रीलंका, माल्दिभ्स्को जस्तै बंगलादेश, पाकिस्तान, अफगानस्तान र भुटानको पनि त्यस्ते अवस्था आउन सक्ने चेतावनी दिएको छ।
कोरोना महामारीको पहिलो लहरमा दक्षिण एशियाका २ लाख भन्दा धेरै बालबालिका र ११ हजार भन्दा बढी आमाहरु गम्भीर स्वास्थ्य सेवाबाट पिडित भएका थिए । दोस्रो लहरमा पहिलाको भन्दा चार गुणाले बढी गम्भिर बिरामी भएको युनिसेफले बताएको छ ।

युनिसेफले बच्चा र मातृ स्वास्थ्यको बारेमा गहिरो चिन्ता व्यक्त गरेको छ । लारेयाले युनिसेफ जीवन बचाउने उपकरण र अन्य चीजहरू कोरोना प्रभावित देशहरूमा पठाउने कोशिशमा रहेको जानकारी दिएका छन् । उनले संस्थाको प्राथमिकता जनताको जीवन बचाउनु भएको बताए ।



प्रतिक्रिया दिनुहोस्