Logo

प्राइम बैंकद्वारा वीर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग



काठमाडौं, १२ जेठ । वीर अस्पताललाई प्राइम बैंकले ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोभिड युनीफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकृत डा.जागेश्वर गौतमलाई बैंकका संचालक मनोज पौडेलले उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

बैंकले कोभिड १९ महामारीविरुद्ध लड्न देशको विभिन्न अस्पतालहरुलाई स्वास्थ्य सामाग्रीहरु सहयोग गर्ने क्रममा आज वीर अस्पताललाई ३० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग स्वरुप प्रदान गरेको हो ।

बैंकको अनुसार अस्पताललाई पि.पि.इ सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलि लगायतका विभिन्न स्वास्थ सामाग्रीहरु प्रदान गरेको हो । बैंकले सुदुरपश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताल र माहाकाली अस्पताललाई क्रमश ६० थान तथा ४० थान अक्सिजन सिलिण्डर वितरण गरेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्