Logo

यास चक्रवातको प्रभावले शनिबारसम्म वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौं, १३ जेठ । बंगालको खाडीबाट जमिनतर्फ प्रवेश गरिसकेको चक्रवातको असर नेपालमा पनि परेको छ । चक्रवातको प्रभावका कारण देशका अधिकांश स्थानमा हिजोदेखि वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको असर आउँदा केही दिनमा नेपालको भू भागमा समेत पर्ने भएकाले सतर्कता अपनाउन भनिएको छ । चक्रवात उत्तर उत्तरपश्चिम सर्दा नेपालमा पनि प्रभाव परेको हो ।

प्रदेश १, बागमती, गण्डकी र कणालीका प्रदेशका पहाडी भू-भाग भइ वहने स साना नदीहरुमा बहाव बढ्ने र केहीमा सतकता तहसम्म पुग्न सक्ने तथा प्रदेश २ र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही साना नदीहरुमा आकस्मिक बाढी समेत आउने सम्भावना भएकाले १५ जेठसम्म नदि तटीय क्षत्र तथा तराईका डुबान हुने होचा स्थानहरुमा उच्च सावधानी अपनाउन नेपाल बाढी सूचनाले अनुरोध गरेको छ ।

यसैगरी, प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot