Logo

सरकार कोभिडको आडमा आफ्नो राजनीतिक स्वार्थ सिद्धी गर्नतिर लाग्यो : डा. महत (भिडिओसहित)



काठमाडौं, १३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले चीनले अनुदानमा फेरि दश लाख डोज खोप दिने भनेर गरेको घोषणाको स्वागत गरेका छन् । उनले भारतबाट अझै आउनुपर्ने खोप पनि चाँडै आउनुपर्नेमा जोड दिए । नेपाल सरकारले बेलायत र अमेरिकाबाट पनि लिनुपर्ने सहयोग चाँडै लिनुपर्ने उनको भनाई ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । वर्तमान सरकारले कोभिड १९ नियन्त्रणमा केन्द्रित भएर काम गर्नुपर्नेमा दुरगामी महत्वका काममा तल्लिन भएको पनि उनको टिप्पणी छ । उनले प्रतिनिधिसभा विघटन गर्ने कदम संविधानको बर्खिलाप रहेको बताए ।

कांग्रेससहित विपक्षी गठबन्धनले उक्त कदमको विरोध गरेको र संसद् विघटन गर्ने कदम उल्टाउन माग गरिएको डा. महतले सुनाए । वर्तमान सरकार कोभिडको आडमा आफ्नो राजनीतिक स्वार्थ सिद्धी गर्नतिर मात्रै लागेको पनि उनले आरोप लगाए । सत्तामा बस्नेले यो प्रवृत्ति छोड्नुपर्ने पनि उनले सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot