Logo

संसद् विघटनसम्बन्धी १९ वटै रिट संवैधानिक इजलास पठाउने आदेश



काठमाडौं, १३ जेठ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएका छन् । आज (बिहीबार) पूर्ण एकल इजलासको सुनुवाइपछि प्रधानन्यायाधीश जबराले सबै रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेका हुन् ।

सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडलले भनेका छन्-“अजको नियमित एकल ईजलासमा प्रतिनिधीसभा सम्बन्धि रिटको सुनुवाई पछि सबै निबेदन संवैधानिक इजलासमा सुनुवाई हुने आदेश भएको छ ।” संवैधानिक इजलास शुक्रबार बस्नेछ । यसपटक संवैधानिक इजलास वरिष्ठतमको आधारमा गठन गर्ने जबराको तयारी छ । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्