काठमाडौँ, १३ जेठ: नेपाली सेनाका सहायकरथी दिनेश केसीको निमोनियासहित कोभिड–१९ संक्रमणबाट निधन भएको छ । छाउनीस्थित वीरेन्द्र अस्पताल उपचार गराइरहेका केसीको आज बिहान निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले पुष्टि गरेको छ ।
सेनाको १३ नं बाहिनी अड्डाका बाहिनीपति केसी केही समयअघि मात्रै बङ्गलादेशबाट नेशनल डिफेन्स् कोर्स (एनडिसी) पूरा गरी फर्केका हुन् । करिब ३२ वर्ष सैनिक सेवामा योगदान पु¥याएका केसीको स्थायी घर काठमाडौँ हो । उहाँको आजै पशुपति क्षेत्रमा अन्त्येष्टि गरिएको सेनाले जानकारी दिएको छ । उनका श्रीमती र दुई छोरी छन् ।
यसैबीच सेनामा हाल कोरोना सङ्क्रमण भई उपचारमा रहेका सक्रिय बिरामीको सङ्ख्या ४२४ रहेको जानकारी दिइएको छ । कोभिड–१९ बाट हालसम्म छ जना सैनिकको निधन भइसकेको छ ।-रासस