Logo

मन्त्रिपरिषद बैठक बस्दै, स्वास्थ्य संकटकाल लगाउनेबारे छलफल गरिने



काठमाडौं, १३ जेठ । मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ७ बजे बस्दैछ । कोभिड नियन्त्रणमा अब कसरी अघि बढ्ने भन्नेबारे आजको बैठकमा छलफल हुने एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकरी दिए । पछिल्लो समय कोरोना संक्रमण ह्वात्तै बढेको भन्दै सरकारको सम्पूर्ण ध्यान कोभिड नियन्त्रण तथा रोकथाममा लगाउने सरकारको तयारी छ ।

आजको बैठकमा आवश्यक पर्यो भने स्वास्थ्य संकटकाल लगाउनेबारे पनि छलफल हुने र त्यसको लागि अहिलेदेखि नै तयारी गरिने पनि बुझिएको छ । तर, जनस्वास्थ्यका विज्ञहरुले भने स्वास्थ्य संकटकाल लगाउन जरुरी नरहेको बताईरहेका छन् । बरु, सरकारले आफ्नो सम्पूर्ण शक्ति एकीकृत रुपमा कोभिड नियन्त्रणमा लगाएर कोरोना नियन्त्रण गर्न सकिने विश्वास विज्ञहरुले लिएका छन् । file photo/reportersnepal

 



प्रतिक्रिया दिनुहोस्

Screenshot