सिञ्जा १३ जेठ: जुम्लामा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना हुने भएको छ । कर्णाली प्रदेश सरकारले त्यहाँको चन्दननाथ नगरपालिकामा केन्द्रीय कार्यालय रहनेगरी विश्वविद्यालयसम्बन्धी विधेयक संसद्मा टेवुल गरिएको पूर्वमन्त्री नरेश भण्डारीले जानकारी दिए ।
जुम्ला आएका निवर्तमान आन्तरिक मामिला तथा कानून पूर्व मन्त्री भण्डारीले त्यहाँका जनतालाई चाडै विश्वविद्यालय स्थापना हुने विश्वास दिलाए । उनले स्वास्थ्य सङ्कटमा कर्णाली प्रतिष्ठानले राज्यलाई सहयोग गरिरहेकाले विश्वविद्यालय स्थापना गर्न लागिएको बताए । उनले विश्वविद्यालयको सैद्धान्तिक छलफलका लागि प्रदेशसभामा अगाडि बढेको हँुदा पारित हुने विश्वास व्यक्त गरे ।
प्रदेश सांसद पदम रोकायाले प्रदेश सरकार कोरोना रोकथाम र नियन्त्रणमा लागि परेको र अझ कसरी व्यवस्थित गर्ने भन्ने विषयमा आफूहरूले छलफल गर्ने बताए । विश्वविद्यालय स्थापना भएपछि कर्णाली प्रदेशलगायत हिमाली क्षेत्रका कृषि वन, जडीबुटी, ऊर्जा, पर्यटन र जैविक विविधतालगायत अन्य प्राकृतिक स्रोत साधनसँग सम्वन्धित क्षेत्रको एकीकृतरूपमा अध्ययनअध्यापन र अनुसन्धान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।-रासस/File Photo