Logo

यी दुई कम्पनीको शेयरमुल्य समायोजन



काठमाडौं, १४ जेठ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज दुई कम्पनीको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार  सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमुल्य समायोजन गरेको हो ।

सिद्धार्थ इन्स्योरेन्सको बिहीबार भएको अन्तिम शेयरमुल्य १३ सय ५० रुपैयाँको आधारमा नेप्सेले १२ प्रतिशत शेयरमुल्य समायोजन गरेको हो । कम्पनीको बोनस शेयरपछिको मुल्य १२ सय ५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, नेप्सेले लुम्बिनी जनरलको अन्तिम दिन कायम भएको शेयरमुल्य ८ सय ३१ रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर प्रयोजनको लागि शेरमुल्य समायोजन भएको हो । कम्पनीको बोनसपछिको नयाँ शेयरमुल्य ७ सय ९१ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्