Logo

आजदेखि बीमा कम्पनीका कर्मचारीहरुले बिहान बेलकामात्र आवतजावत गर्न पाउने



काठमाडौं, १४ जेठ । आजदेखि बीमा कम्पनीले ५ वटा सवारी पास पाउने भएका छन् । काठमााडौं जिल्ला प्रशासन कार्यालयद्धारा थप गरिएको एक हप्ताको निषेधाज्ञामा बीमा कम्पनीलाई व्यवस्था गरिएको पास संख्या घटाउने भने पनि प्रशासनले पुःन संसोधन गर्दै पहिला नै दिएको पासलाई निरन्तरता दिने भएको हो ।

बीमा कम्पनीलाई समितिले पहेलो रंगको पास व्यवस्था गर्ने भएको छ । बीमा कम्पनीहरु एक हप्ताको लागि सबै बन्द हुने भएका छन् । मुख्य कार्यालयमा पनि १० जना सम्म कर्मचारी राखेर संचालन गर्नुपर्ने समितिले निर्देशन दिएको छ ।

जिल्ला प्रशासनले मर्निङ वाल्क, इभिनिङ वाल्क पनि बन्द गरेको छ भने सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, बीमा, इन्टरनेट प्रदायक संस्थाहरुको सवारी साधन बिहान ९ः३० बजे र बेलुका ५ बजे आवतजावतका लागि प्रयोग गर्न पाइने भएको छ ।



प्रतिक्रिया दिनुहोस्